समाचार

अहिले राजनीति गर्नेहरु सबै समाजको काम नलाग्ने मान्छेहरु भन्नेखालको भाष्य निर्माण गर्न खोजिएको छ:उपप्रधानमन्त्री सिंह

अहिले राजनीति गर्नेहरु सबै समाजको काम नलाग्ने मान्छेहरु भन्नेखालको भाष्य निर्माण गर्न खोजिएको छ:उपप्रधानमन्त्री सिंह

काठमाडौं,माघ १९। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले राजनीति गर्नेहरु सबै समाजको काम नलाग्ने मान्छेहरु भन्नेखालको भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । सिंहले विदेशमा ठूल्ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेको टिप्पणी गरेका हुन।

विश्व निकेतन माध्यमिक विद्यालयको ७९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले भने, ‘यहाँ अनेकौं मान्छेहरु आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूल्ठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्न मान्छेहरु नआएका होइनन्, आइराख्छन् । तपाईंहरु छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरु सुरक्षित र संवर्द्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’

 

 

Related Tag :

Related Post