काठमाडौं,पुस १८। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरू भएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा बस्दैछ ।