काठमाडौं,फागुन १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको बताएका छन्।
पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै सरकारप्रतिको आक्रोश व्यवस्थाप्रति नै देखिन थालेको उनको भनाइ थियो। पूर्वराजा शाहले आफ्नो त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहित जनतालाई साथ दिन आह्वान गरेका थिए।
त्यही कुरालाई लिएर उनले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आआफ्नो हिसाबले प्रयोग गर्ने कोशिस पनि गरिरहेका छन्। इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपनामा छन्, त्यस खालका प्रचारबाजी भइरहेका छन्।’