समाचार

रास्वपाकोअभिमुखीकरणको दोस्रो दिनको सुरूवात योग–ध्यान कक्षासँगै सुरू

रास्वपाकोअभिमुखीकरणको दोस्रो दिनको सुरूवात योग–ध्यान कक्षासँगै सुरू

काठमाडौं,चैत ४ । ललितपुरको होटल टुलिपमा मंगलबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनको सुरूवात योग–ध्यान कक्षासँगै सुरू भएको छ ।आजको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने कार्यक्रम छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् । 

उनीहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने छ । साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा तथा संसद् भित्र र बाहिर प्रभावकारी सम्नवयका उपायहरूबारे साझा धारणा विकास गरिने छ ।पूर्वनिर्धारित कार्यतालिका अनुसार आज पूर्वसचिव डा। तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया स् योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिँदैछन् । उनको प्रस्तुति बिहान ९ बजेदेखि ९.४५ बजेसम्म रहनेछ ।

बिहान ९स्४५ बजेदेखि १०.४५ बजेसम्म अर्का पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासन स् अवधारणा र अभ्यास’ सम्बन्धमा सिकाउने छन् । त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्ध स् नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताका विषयमा प्रस्तुति दिनेछन् ।अनि सांसदहरुद्वारा एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धमा समूह कार्य तथा प्रस्तुति रहनेछ ।मध्याह्न १२ बजेपछि समापन सत्र सुरु हुनेछ । यस सत्रमा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति प्रस्तुत गर्न सहजीकरण गर्नेछन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरुको तर्फबाट धन्यवाद मन्तव्य जेनजी सांसदद्व प्रशान्त उप्रेती र खिमा विकले राख्नेछन् ।अन्त्यमा साढे १२ बजेदेखि १ बजेको बीचतिर सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने छन् ।दिउँसो १ बजेको खाजासँगै अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने रास्वपाको पूर्वनिर्धारित कार्यतालिका छ ।

 

Related Tag :

Related Post