समाचार

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

 काठमाडौं,पुस १८। भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएको हो ।

समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको हो ।

समितिको बिहीबारको बैठकमा समितिका सभापति रामहरी खतिवडाले प्रतिवेदन सहितको संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । समितिबाट विधेयक पारित भएसँगै अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।

 

Related Tag :

Related Post