समाचार

कोटीहोम स्थलको घटना छानबिनका लागि बनेको ७ सदस्यीय समितिलाई १५ दिनको समय

कोटीहोम स्थलको घटना छानबिनका लागि  बनेको ७ सदस्यीय समितिलाई  १५ दिनको समय

काठमाडौं,भदौ १ ।पशुपतिनाथ कोटीहोममा  शुक्रबार साँझ उत्पन्न  घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । 
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव रहेका छन् ।

उक्त समितिलाई  घटनाको बारेमा स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।
शुक्रबार राति पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि कथावाचक विजय कृष्णमूर्तिका समर्थकलको बाक्लो भिडका साथ प्रहरीलाई रकोकेका थिए । कृष्णमूर्तिलले आफूलाई पक्राउ गर्न आएको भन्दै समर्थकलाई प्रतिवाद गर्न भनेका थिए ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेसहितको छलफलले दुबै पक्षबीच समझदारी कायम हुन नसकेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेको हो ।

 

Related Tag :

Related Post