काठमाडौं,माघ १२ । चुनावको मीति नजिकिए संगैं सबै दलका उमेदुवारहरु मतदाता संग भोट माग्न व्यस्त छन् । केही दिन अघि मात्रै रास्वपाका बरिष्ठ नेता बालेन शाह झापा, इलाम, ते्रहथुम, सुनसरी हुदै काठमाडौ फर्किसकेका छन् भने अरु नेताहरु अझै घर दैलो कार्यक्रममा व्यस्त छन् । यहि क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि विभिन्न ठाँउमा गएर मतदाता संग भोट मागी रहेका छन् । यसै क्रममा उनले तनहुँ पुगेर देश बनाउने हो भने श्रम आवश्यक रहेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा आज स्थानीयसँग भेटघाट गर्दै अध्यक्ष साम्पाङले गफले मात्रै मुलुक नबन्ने बताउँदै त्यसका लागि श्रम अनिवार्य रहेको बताएका हुन् ।
गफभन्दा श्रमलाई प्राथमिकता दिने पार्टी आफ्नो मात्रै रहेको दाबी गर्दै साम्पाङले भने, “काम नगरेर देश नबनेको हो । काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति छ । श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ ।” “काम नगरेर देश बनेको छैन । हामी कहाँ काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार छ,” उनले भने, “यो सोच बदल्न सकेनौँ भने देश कहिल्यै अगाडि बढ्दैन ।”अध्यक्ष साम्पाङले विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने स्पष्ट पार्दै आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिए।
“विदेशी आएर हाम्रो देश बनाई दिँदैनन् । आफ्नो देश आफैँले बनाउने हो भन्दै उनले एकपटक मौका दिन आग्रह गरेका छन् ।