समाचार

नदी किनारको जग्गाबारे जारी गरेको सूचनालाई लिएर वडाध्यक्ष महर्जनले बालेनमाथि उठाए प्रश्न

नदी किनारको जग्गाबारे जारी गरेको सूचनालाई लिएर वडाध्यक्ष महर्जनले बालेनमाथि उठाए प्रश्न

काठमाडौं,भदौ १८ ।  नदी किनारको जग्गाबारे जारी गरेको सूचनालाई लिएर काठमाडौं वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले  मेयर बालेन शाहमाथि प्रश्न गरेका छन् । सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ २०र२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगतै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ । कार्यपालिकाको मंगलबार बसेको बैठकमा वडाध्यक्ष महर्जनले सर्वोच्चको फैसलामा मेयरको सुचनालाई लिएर हतारिएर सूचना निकालिएको उनले आरोप लगाएका हुन ।

उनले भनेका छन्, हिजो महानगरले नै ९ र ११ मिटरको मापदण्ड बनाएर जग्गा बाँडिएको भन्दै उनले भने, ‘अहिले २० मिटर भन्दा हामी भ्याकेटमा जानुपर्ने हो । तर सूचनाले काखमा राखेर घाँटी रेट्ने जस्तो भयो ।’सर्वोच्चको यो फैसला कार्यान्वयन गर्दा ८० हजारभन्दा बढी घरबिहीन हुने उनको दाबी छ । वडाध्यक्ष महर्जनले भने, ‘२३ नम्बरको वडाध्यक्ष मेरो पनि पार्टीमा बास हुन्छ ।’

जवाफमा मेयर बालेनले भने महानगरले कुनै निर्णय नगरेको बताएका छन् ।  । सर्वोच्च अदालतको फैसलाबारे जनतालाई सूसुचित मात्र गरिएको उनको भनाइ थियो ।

 

Related Tag :

Related Post