काठमाडौं,पुस २७। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्ञानको भण्डार ठान्ने गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्ने टिप्पणी गरेका हुन।
उनले भनेका छन्, ‘ओलीको अहंकारले एमालेभित्र समस्या खडा भयो। एक्लै निर्णय गर्न थाले, चुनौती दिने मान्छे शत्रुको कोटिमा पर्न थाले, तीनिहरुको पत्तासाफ गर्ने प्रवृत्तिको सुरुआत भयो। हामी १४ जनालाई पार्टी र संसदबाट निकाल्ने निर्णय गरें, हामीलाई सभामुख अग्नि सापकोटाले जोगाइदिए उहाँलाई धन्यवाद। नत्र हाम्रो हालत पनि अहिले त्यहाँ रोइकराई गरेर हिँड्नेहरुको जस्तै हुन्थ्यो।’