काठमाडौं,असार ४ । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन् ।
एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भनेका छन्, ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’ विधान महाधिवेशनले तय गर्ने नीतिका आधारमा नेतृत्वबारे निर्णय हुने भएकाले हतार नगर्न पौडेलले आग्रह गरेका हुन् ।
‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो, गंगा जस्तो पार्टी भेटिँदैन’, उनले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छ, तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’