काठमाडौं माघ २६ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ ।
साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको बुझिएको छ ।क्षतिको पूर्ण विवरण आइनसकेको भने छैन । चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो ।
प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।