बझाङ,भदौ २ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ४।३ म्याग्निच्युड मापन गरिएको छ । पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३।७ म्याग्निच्युडको भूकम्प गएको थियो ।