विराटनगर, कात्तिक २५। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको डेरामा सादा पोसाकका प्रहरीले घेरा हालेका छन् ।जापान काण्डमा मुछिएका अधिकारीको विराटनगर महानगरपालिका–२ स्थित डेरामा सादा पोसाकका प्रहरीले घेरा हालेका छन् । निवर्तमान मन्त्री अधिकारीलाई भेट्न केहीबेर अघि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया पनि केही बेरअघि त्यहाँ पुगेका छन् । उनी आजै दिउँसो १ः५० बजेको यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जाने तयारीमा थिए ।
उनले ‘आफू अनुसन्धानमा सहयोग गर्न आएको र अनुसन्धानको दायरामा ल्याइयोस् भन्ने बेहोरको निवेदनसहित अधिकारी काठमाडौंस्थित प्रहरीको सम्पर्कमा जान लागेका थिए । तर, प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । जापान भ्रमणमा जाने नाममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि लागेको छ ।