समाचार

बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै

बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै

काठमाडौं,फागुन १ । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत करिब २० घण्टामा सकिएको छ ।अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ ।

बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो । उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।

 

Related Tag :

Related Post