काठमाडौं,फागुन २३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले टिप्परहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन । स्थानीय तहका जनप्रतिनिधीहरूको लगानी भएका टिपरहरूले कानुन मान्ने नगरेको उनको भनाइ छ । यस्तै उनले टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उल्लेख गरे ।
उनले भने, ‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिप्परका उनीहरूले कानुन मान्दैनन् । टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ,’ सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
उनले भने, ‘अर्को कुरा, सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरूको लगानी भएकोले । सरकार र राज्यपनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको संख्यामात्र गनेर बसिराख्ने हो