समाचार

नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं,असार २४ । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।

आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचिया हाबी भएको बताउँदै प्रमाण आफूसँग रहेको दाबी गरिन् । उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन्।

मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो।

 

Related Tag :

Related Post