समाचार

आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति

आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति

जनकपुरधाम, साउन १८  ।  धनुषाधाम नगरपालिका २ का भोगेन्द्र ठाकुरको हत्या गरिएका विषयमा आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ ।

हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएको हो ।

त्यस्तै मृतकको मिटरब्याज सम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ ।  

ठाकुरकी श्रीमती श्यामुकुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक २ छोरीको पालनपोषण एवं विश्वविद्यालय सम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ ।

 

 

Related Tag :

Related Post