समाचार

धुलिखेल(खावा खण्ड )को चार किलोमिटर सडक निर्माण नगरिए मन्त्रीले ढुंगा खाने दिन आउँछ: गोकुल बास्कोटा

धुलिखेल(खावा खण्ड )को चार किलोमिटर सडक  निर्माण नगरिए मन्त्रीले ढुंगा खाने दिन आउँछ: गोकुल बास्कोटा

काठमाडौं,माघ २९ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले चार जना प्रधानमन्त्री फेरिएपनि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल(खावा खण्ड )को चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन ।  उनले त्यहाँका जनता आक्रशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउनसक्ने उनको भनाइ थियो ।

उनले भनेका छन्, ‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब,’ बास्कोटाले भने ।

 

 

Related Tag :

Related Post