काठमाडौं,फागुन १९ ।नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको बुझिएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको समीक्षा हुने बताइएको छ ।
माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादी स् तराई(मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट शुरू अभियान कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।
अभियानमा अध्यक्ष प्रचण्डसहित पार्टीका उपमहासचिव तहसम्मका नेता सहभागी छन् ।