समाचार

मोरङमा हात्तीले ३ घर भत्कायो

मोरङमा हात्तीले ३ घर भत्कायो

काठमाडौं,पुस २४ । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्‍याएको हो ।

प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर  धानमा क्षति पुर्‍याएको छ । घरमा खानका लागि राखेको धान हात्तीले टाटी भत्काएर खाइएको थियो । नखाएको धान हात्तीले वरपर छरेको थियो ।

साही स्थानकी श्रेष्ठको घरको उत्तर पट्टीको गारो हात्तीले भत्कादिएको छ । हात्तीले गारो भत्काउँदा कोठाभित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको छ । 

Related Tag :

Related Post