समाचार

नेपाल प्रहरीले दशैंमा २ वटा बस निःशुल्क रुपमा चलाउने

नेपाल प्रहरीले दशैंमा  २ वटा बस निःशुल्क रुपमा चलाउने

काठमाडौं,असोज २४ । नेपालीको महान् चाड  दशैंको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा चलाउने भएको छ । दशैंको समयमा सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकोले सर्वसाधारणलाई आवतजावत गर्न सजिलो बनाउनका लागि  निःशुल्क बस चलाउन लागिएको हो ।

एउटा बस रिङरोडभित्रका सर्वसाधारणहलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधरणका लागि हुनेछ । काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

 यस्तै  अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

 

Related Tag :

Related Post