समाचार

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ मा गर्ने सरकारको निर्णय

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ मा गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ ३०। आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले सरकारलाई दिएको सुझावको आधारमा सरकारले उक्त निर्णय गरेको हो ।

निर्वाचन आयोगले आइतबार नै सरकारलाई आगामी मंसिर १६ गते उपनिर्वाचन गर्न सुझाव दिएको थियो । आयोगका अनुसार अहिले देशका ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ । उक्त रिक्त पदमा उपनिर्वाचन गर्ने निर्णय आज भएको हो ।

काठमाडौंको कीर्तिपुर नगपालिकामा प्रमुख पद रिक्त रहेको छ भने मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त रहेको छ । दोलखाको गौरीशंकर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकामा उपाध्यक्ष पद रित्त छ । यसका साथै विभिन्न स्थानीय तहहरुमा वडाध्यक्षहरुको पद समेत रिक्त रहेको अवस्था छ ।

शुक्रबार मात्र रुकुम पूर्वको पुथा गाउँपालिककी उपाध्यक्षको सवारी दुर्घटनामा निधन भएको छ । उक्त पद रिक्त भएको औपचारिक जानकारी आएमा त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने आयोगले जनाएको छ ।

Related Tag :

Related Post