बागलुङ, असार २७ । अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका ७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।शर्मा घरमा एक्लै बस्दै आएकी थिइन्् ।
आज बिहान छिमेकीले देखे पछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।