समाचार

मैले सभापतिको रूपमा यो गाडी हाँकिरहेको छु, गाडी अगाडि बढ्यो अब। अब रोकिँदैन’: गगन थापा

मैले सभापतिको रूपमा यो गाडी हाँकिरहेको छु, गाडी अगाडि बढ्यो अब। अब रोकिँदैन’: गगन थापा

काठमाडौं,चैत १० । नेपाली कांग्रेसका सभापति गगन थापा पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा आउन आग्रह गरेका छन्।पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापतिको रूपमा आफूले गाडी अगाडि बढाइसकेको भन्दै अब नरोकिने सन्देश दिए।

उनले भने, ‘हामी सबैको अर्जुन दृष्टि अब महाधिवेशनमा हुन्छ। म यो कमिटीमा नभएका बाहिरका साथीहरूलाई पनि अपिल गर्छु, विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो। नयाँ नेतृत्व आयो। हामी निर्वाचनमा भाग लियौँ, अब महाधिवेशनमा जाँदैछौं। अब विशेष महाधिवेशन अगाडि, विशेष महाधिवेशन पछाडि, कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो अब। मैले सभापतिको रूपमा यो गाडी हाँकिरहेको छु, गाडी अगाडि बढ्यो अब। अब रोकिँदैन।’

उनले थपे, ‘हामी संवाद पनि गर्छौँ। सबैलाई पूर्वाग्रह नराखी महाधिवेशनमा लिएर जान चाहन्छौँ। विशेष महाधिवेशनसँग कतिपय नेताहरूको असन्तुष्टि थिए होलान्। हामीले १ दिनमा १६५ उम्मेदवार तय गर्‍यौँ। हामीले कुनै पूर्वाग्रह नराखी निर्णय गर्‍यौँ।’

 

Related Tag :

Related Post