काठमाडौं,माघ ५ । मोरङको सुन्दरहरैँचा नगरपालिका ८ भृकुटी टोलमा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब १२ बजे जंगलबाट निस्किएको हात्तीको आक्रमणबाट भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको हो । बच्चासहित आएको माउ हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । राति घरबाट निस्किएको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले उनलाई आक्रमण गरेको थियो ।