काठमाडौं,जेठ ४। युवा व्यवसायी तथा सुटमाला सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित भएका छन् । हिजो शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्कीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गरेका हुन । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको छ । कार्की नेपाली सिलाई उद्योगमा लामो समय देखि काम गर्दै आएका छन्। उनले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् ।
कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई आगाडी सारेको छ ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मिहिनेत र लगनशिलताले मानिसलाई सफलता दिन्छ ।’