जनकपुरधाम,साउन ३ । मधेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । अर्थमन्त्रालयसहित चार मन्त्रालय पाएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।
सहमति अनुसार कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री बन्ने निश्चित भएको छ । यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री पाएका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा सहभागी नहुने बताएको थियो । हिजो मात्रै कांग्रेस मधेशका प्रमुख सचेतक कुमरकान्त झाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए ।