काठमाडौं,भदौ ३१ । आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज यूएन पार्कअगाडि फेला परेको छ ।आइतबार राति करिब साढे ८ बजेको समयमा ट्याक्सी खसेको थियो ।
बा. २। ज.१७९२ नं. हिजो काठमाडौं महानगरपालिका(२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो ।सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी फेला पारेको हो ।