समाचार

२०२५ को जनवरी महिनामा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण

२०२५ को जनवरी महिनामा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं,माघ २१ । सन् २०२५ को जनवरी महिनामा करिब ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ७९ हजार ९ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेका हुन।

कोरोना महामारी पछिकै यो सङ्ख्या सर्वाधिक हो । सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएकोमा यस्तो सङ्ख्या सन् २०२० मा ७९ हजार ७०२ रहेको थियो ।त्यस्तै, सन् २०२१ को जनवरीमा ८ हजार ८६४, सन् २०२२ को जनवरीमा १६ हजार ९७५, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ र सन् २०२४ को जनवरीमा ७९ हजार १ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२५ को जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट २० हजार ४८५ जना नेपाल भ्रमणका लागि आएका हुन् । यस अवधिमा चीनबाट ८ हजार १९१ जना र अमेरिकाबाट ८ हजार ६३ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

 

Related Tag :

Related Post