समाचार

एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

एलिना चौहानले हालिन् काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं,माघ १८। गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । श्रीमान विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको बुझिएको हो। काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ। झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए।

विष्णु अस्ट्रेलिया बस्छन्। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिईन। तर छोटो बसाइ पछि नै एलिना दसैंअघि नेपाल फर्किइन्। त्यसयता उनी नेपालमै छिन्।

 

 

 

 

 

Related Tag :

Related Post