समाचार

श्री एयरलाइन्सको जहाज अवतरण गर्ने बेला विमानस्थल धावनमार्गमा कुकुर दौडिएपछि..

श्री एयरलाइन्सको जहाज अवतरण गर्ने बेला विमानस्थल धावनमार्गमा कुकुर दौडिएपछि..

सुर्खेत ,पुस १ ।  काठमाडौंबाट सुर्खेत उडेको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सको एउटा जहाज अवतरण गर्ने बेला सुर्खेत विमानस्थल धावनमार्गमा कुकुर दौडिएपछि अवतरणमा अवरोध भएको छ ।

श्री एयरलाइन्सको ‘९एन–एओके’ दर्ता नम्बर रहेको ८० सिट क्षमतायुक्त ‘ड्यास ८ क्यु ४००’ सिरिजको जहाज सोमबार दिउँसो १ बजे सुर्खेत विमानस्थल अवतरण गर्ने तालिका अनुसार उडेको थियो।विमानस्थल नजिक पुगेर अवतरण गर्न लागेका बेला धावनमार्गमा कुकुर दौडिएपछि जहाजलाई ‘टर्न’ गरेर एक फन्का घुमाइएको बुझिएको छ।

 जहाज पूर्ण यात्रु क्षमतामा उडेको थियो । जहाज र यात्रु सबै सकुशल छन् । उक्त जहाज पुनः यात्रु बोकेर सुर्खेतबाट काठमाडौं फर्किसकेको छ ।

 

 

Related Tag :

Related Post