समाचार

नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन कलंकीमा बन्‍ने

नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन कलंकीमा बन्‍ने

काठमाडौं,असोज २४ । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बन्ने भएको छ । बिहीबार बसेको विशेष सचिवालय बैठकको निर्णय अनुसार स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा(२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुने भएको हो । 

भोलि शुक्रबार १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको शिलान्यास एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

 यसका साथै सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुनस्स्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान पनि गरेको छ ।

 

 

Related Tag :

Related Post