काठमाडौं,पुस २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक आदेश जारी छ । अहिले ५ जना सरकारी वकिलहरूले बहस सकेका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीले बहसका लागि २ घण्टाको समय निर्धारण गरेका थिए । तर, २ घण्टा २० मिनेटसम्म सरकारी पक्षकै बहस सकिएको छैन । अझै ६ जना सरकारी वकिल बहस गर्ने लाइनमा छन् । सरकारी वकिलको सकिएपछि रविको पक्षबाट बहस हुनेछ ।
सरकारी वकिलहरू सन्तोष राज कटुवाल, राधिका सुवाल, बिना खड्का, चन्द्र सञ्जेल र खडिन्द्रराज कटुवालले बहस सकेका हुन् । उनीहरूले एक स्वरमा रविलाई थुनामै पठाउनुपर्ने माग गरे । यसअघि कास्की जिल्ला अदालतले गरेको आदेशलाई नजिर मान्न नहुने उनीहरूको भनाइ छ ।