समाचार

सीमा सुरक्षा निगरानीका लागि ‘स्क्वायड डग’ परिचालन

सीमा सुरक्षा निगरानीका लागि ‘स्क्वायड डग’ परिचालन

रुपन्देही, असोज १७ । भारतसँग ६० किलोमिटर खुला सीमा रहेको रुपन्देहीको मुख्य नाका रहेको सुनौलीमा सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा निगरानीका लागि ‘स्क्वायड डग’ परिचालन गरेको छ ।

खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुनसक्ने सीमा अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौंबाट ल्याइएका ‘स्क्वायड डग’ ले अवैध लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ल्याएरनल्याएको पत्ता लगाउने छन् ।

सीमा क्षेत्रमा ती कुकुरहरुलाई परिचालन गर्नका लागि सशस्त्र प्रहरी वरिष्ठ हवलदार नविन श्रेष्ठको नेतृत्वको ९के–नाइन० टोली रुपन्देही आइपुगेको छ। सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध लागूऔषध, विस्फोटक पदार्थ तथा हातहतियार ओसारपसार नियन्त्रण गर्नका लागि उनीसहित ५ जनाको टीम रुपन्देही आएको छ । डेजी र साया नाम गरेका कुकुरले विष्फोटक पदार्थ, लागूऔषध तथा हातहतियार भएको थाहा पाएपछि सामानभन्दा पछाडि गएर भुक्ने तथा कोतरेर संकेत गर्ने छ ।

सशस्त्र प्रहरी बल नेपाल नं। २७ गण, हेडक्वाटर भैरहवाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० आनन्द थापामगरले कुकुरसहित आएको पाँचजनाको टोलीले सीमा अपराध नियन्त्रणमा थप भूमिका खेल्ने बताएका छन् ।  ।

 

 


 

Related Tag :

Related Post