समाचार

लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न  सभामुखलाई रास्वपाको अनुरोध

काठमाडौं,पुस ८ ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ ।

सभामुख देवराज घिमिरेलाई सोमबार सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले निलम्बन नगर्न आग्रह गरेका हुन् ।

 जवाफमा सभामुख घिमिरेले संविधान, कानुन र संसद नियमावली हेरेर आफूहरु  निर्णय गर्ने बताएका हुन ।

 

 

 

 

 

 

 

Related Tag :

Related Post