समाचार

शनिबारबाट पानी पर्न कम हुने

शनिबारबाट पानी पर्न कम हुने

काठमाडौं,भदौ १३ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ ।

बरिष्ठ मौसमविद प्रतिभा मानन्धरका अनुसार आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने छ । उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ ९नेपालको भूभाग नजिक० र पूर्वमा सरदर स्थानमा ९भारतमा० रहेको छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । त्यसैले केही दिनयता बादल लाग्ने र पानी पर्ने भइरहेको छ । शनिबारबाट भने त्यसमा सुधार हुने प्रक्षेपण छ । 

Related Tag :

Related Post