काठमाडौं,असोज २५ । उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका हुन । यो आजसम्मको तथ्याङ्क हो। अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।
यति धेरै संख्यामा काठमाडौंबाट बाहिरिए पछि काठमाडौंका मुख्य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।
शुक्रबार काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् ।