राजु गौतम,मोरङ्ग। अन्तर्राष्ट्रिय स्तरमा समेत नाम बनाएका नेपाली फुटबल खेलाडी अभिषेक लिम्बू आफ्नो गृहनगरमा सम्मानित भएका छन् । आइतबार लेटाङ्ग नगरपालिकाले आयोजना गरेको पन्ध्रौं नगरसभाका अवसरमा खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै कदर पत्र र नगद सहित सम्मान गरेको हो ।
लामो समय देखि खेल क्षेत्रमा सक्रिय रहेका उनी लेटाङ नगरपालिकाका ३ का स्थाइ बासिन्दा हुन् । उनले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत आफनो जादु देखाइसकेका छन् । आफनो क्षमताको कदर गरेर आफ्नै नगरले सम्मान गरेको प्रति खुसी व्यक्त गर्दै यो सम्मानले अझै सक्रिय भएर लाग्न प्रेरित गरेको उनले बताएका छन् ।
श्री विन्दु डटकम संग कुरागर्दै उनले यो सम्मान आफनो जीवनको सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ ।