काठमाडौं,भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम नभएको टिप्पणी गरेका छन्।रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछाने विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सरकारको निरन्तर खबरदारी गरिरहेको बताएका हुन् ।
उनले भने, ‘सरकारको काम अहिलेसम्म हेर्दा सन्तोषजनक देखिएको छैन। हामीले खबरदारी गरिरहेका छौँ। नियालिरहेका छौँ। जनताको जुन आशा छन् त्यो सरकारको व्यवहारबाट देखियोस् भन्ने चाहेका छौँ। तर, त्यस्तो कुनै छनक देखेको छैन। सरकार योजनामा होला सय दिनसम्म सरकारलाई सुविधा दिनुपर्छ।’अनुसन्धानमा लागिरहेका मानिसहरूलाई त्यहाँबाट अन्त अन्तै लगिएको भन्ने सुन्नमा आएको छ। त्यो निरन्तर प्रक्रियाले हो कि अन्य कुनै कारणले खुल्दै जाला। हामीले जुन जुन सुरू गरेका थियौँ त्यसलाई अझै जोड लगाउने समाचारहरू आएका छैनन्। ती फाइलहरू कहाँ के भए मलाई थाहा छैन।’