समाचार

सिमलताल दुर्घटनाका प्रत्यक्षदर्शी बस चालक र घटनास्थलमा रहेकाले दिएको बयान सार्वजनिक, के भएको थियो ?

सिमलताल दुर्घटनाका प्रत्यक्षदर्शी बस चालक र घटनास्थलमा रहेकाले दिएको बयान सार्वजनिक, के भएको थियो ?

काठमाडौं,साउन २३ । गत असार २८ गते अविरल वर्षापछि पहिरो जाँदा चितवनको सिमलतालमा दुई बससहित यात्रु त्रिशूलीमा बेपत्ताको घटना अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

रिजाल नेतृत्वको टीमले प्रतिवेदनमा प्रत्यक्षदर्शी बस चालक र घटनास्थलमा रहेकाहरूको बयानलाई पनि समेटेको छ ।आँखैअगाडि २ वटा बस पहिरो बगाएर त्रिशूलीमा खसाएको देखेका पछाडिका बसका चालक जीवन सुनारसँग पनि अध्ययन टोलीले कुराकानी गरेको थियो ।आँखै अगाडि २ वटा बस पहिरोले बगाएर त्रिशूलीमा खसाएको देखेका पछाडिका बसका चालक जीवन सुनारसँग पनि अध्ययन टोलीले कुराकानी गरेको थियो ।
उनले घटना यसरी बताएका छन् :
म सिन्धुलीबाट बर्दीबास हुँदै पोखरासम्मको लागि ग(२(ख। १८२२ नं.को यात्रुबाहक बस लिएर आँउदै थिए। राती २ बजेतिर नारायणघाट आईपुगें । त्यो समयमा भारी वर्षा भैरहेको थियो तैपनि सरासर अगाडि बढ्दै नारायणघाट मुग्लिन सडकको सिमलताल भन्ने ठाँउमा पुगेँ। त्यहाँ पुग्दा माथिबाट गेग्रान सहितको लेदो झरिरहेको थियो । सडकमा पनि लेदो जम्मा भईसकेको थियो। सोही समयमा दुईवटा बसहरु क्रस हुन खोज्दै थिए । मैले बस ब्याक गरें, गाडीमा ओट राख्न लगाएँ र रोकेर बसें । गेग्रान र लेदो झन थपिदैँ गएको थियो । म झस्कें। बसहरु क्रस हुने कोसिस गर्दै थिएँ । सडकको लेदोले गर्दा बसलाई डिस्टर्भ भएको थियो । दुईवटा बसहरू बीचको ग्याप निकै कम थियो । बसहरु एकआपसमा टाँसिँदै गएको जस्तो देखिन्थ्यो । त्यत्तिकैमा मुग्लिनबाट नारायणघाटतर्फ जाँदै गरेको बस खस्यो खस्दा पहिला बसको अगाडिको भाग ९शो ० खस्यो त्यसको लगत्तै नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बस पनि खस्यो, खस्दा त्यो बसको पहिला ब्याक साइड खस्यो, खस्दासाथ पोखरीमा ढुङ्गा फ्याँक्दा आउने जस्तो आवाज आयो तर नदीमा केही देखिएन। मैले तुरुन्तै गाडीको स्टार्ट बन्द गरी तल झरेँ र एकजना यात्रुलाई तानेर सडकमा ल्याएँ । लगत्तै १०० नम्बरमा फोन गरी खबर गरें ।

डोजरले सडक सफा गर्दा सडकको माथितिर थुप्रिएको लेदो सबै सफा नभएको पाइएको र ठूलो पानी परेपछि त्यो लेदो समेत सडकमा थपिएर सडक अवरुद्ध भएको उनले सुनाएका छन् । यस्तै चितवनको नयाँ मेडिकल कलेजमा उपचार गराइरहेका घाइते रौतहटका नन्दन दासले दुर्घटना विवरण यसरी सुनाएका छन्

दुर्घटना हुनुभन्दा लगभग एक घण्टा जति अगाडि खाना खानका लागि बस रोकिएको थियो । रोकिएको स्थान मलाई याद छैन । खाना पश्चात् टि।भी। हेर्दै बसेको थिएँ। रातको समय भएकोले बेला बेला निद्रा पनि लाग्थ्यो । ब्युझिंदा टिभीमा ध्यान जान्थ्यो । त्यो बेला ठूलो पानी परिरहेको थियो सिमलतालको बाटोमा । गाडी मजाले हिंडिरहेको थियो माथिबाट एक्कासी पहाड खस्यो कि के भयो एक्सिडेण्ट त भएन मेरो गाडि हिँड्ने बेलामा एकैचोटि पल्टी खायो । अनि गाडी पानीमुनी गयो । म पाँच सात मिनेट पानीमा डुबेको अनि पानीले उचालेको । मलाई राम्रोसँग पौडी खेल्न नआएता पनि अलिअलि आउँथ्यो जसोतसो पौडिएर किनारमा पुगें अनि भिरबाट घिस्रँदै घिस्रंदै माथि सडकमा पुगेपछि सुरक्षाकर्मीले उपचारका लागि अस्पताल ल्याउनुभयो ।

प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको छ । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर नदीमा खसालेको देखिएको संयोजक रिजालले बताएका छन् ।  ।दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामीण सडक बनाउँदा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको कार्यदलको निचोड छ ।

अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो ।

 

Related Tag :

Related Post