समाचार

बाढीपहिरो र आगलागी पीडितलाईअस्थायी आवास बनाउन सरकारले ५० हजार दिने

बाढीपहिरो र आगलागी पीडितलाईअस्थायी आवास बनाउन सरकारले ५० हजार दिने

 काठमाडौं,साउन २२। बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने भएका छन्। सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिने निर्णय सरकारले गरेको थियो ।

विपद व्यवस्थापन कार्यकारी समितिको २१ वैशाख २०८१ मा बसेको २२ औं कार्यकारी समितिको बैठकले विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ अर्थ मन्त्रालयको सहमति प्राप्त गरी स्वीकृत गर्ने निर्णय गरेको थियो । तर अर्थ मन्त्रालयबाट राय प्राप्त नहुँदा त्यो स्वीकृत हुन सकेको थिएन ।

 

 


 

Related Tag :

Related Post