समाचार

नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघरमा प्रदर्शन

नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं,असोज ३ । सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौं र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन् ।वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने माग राख्दै काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्ने प्रदर्शन गरेका हुन् ।खोला नदीको नयाँ मापदण्ड खारेज गर्नुपर्ने, नदी किनार  वरपरका बासिन्दामाथिको धरपकड रोक्नुपर्ने, निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने उनीहरुको माग छ ।

सर्वोच्च अदालतले नदी संरक्षणसम्बन्धी एक मुद्दाको फैसलामा वाग्मती, विष्णुमती लगायतका नदीहरुमा हाल २० मिटर मात्र खुला क्षेत्र रहेकामा थप २० मिटर राख्नुपर्ने आदेश दिएको थियो । उक्त फैसला कार्यान्वयनमा गएमा आफूहरुको उठीबास हुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

 

 

 

 

 

Related Tag :

Related Post