समाचार

त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन

त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन, भदौ ३० । नारायणगढ(मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

 चालक यमबहादुर घलेको मोबाइल स्वीचअफ छ । दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने  प्रहरीको भनाइ छ ।


ना। ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार २२२५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशूली किनारमा खसेको हो ।

Related Tag :

Related Post