समाचार

कांग्रेस र एमालेको राजनीति विचौलिया र दलालको हातमा छ, उनीहरु त खाली मुखौटामात्रै हुन्:प्रचण्ड

कांग्रेस र एमालेको राजनीति विचौलिया र दलालको हातमा छ, उनीहरु त खाली मुखौटामात्रै हुन्:प्रचण्ड

काठमाडौं,मंसिर २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको राजनीति विचौलिया र दलालको हातमा रहेको बताएका छन् । ृउनले एमाले र कांग्रेसको हातमा अहिले राजनीति नभएको दाबी गरेका छन् । 

राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेलाई विचौलियाहरुको मुखौटाको संज्ञा दिदैँ उनले भने, ‘अहिले सरकारमा भएका राजनीतिक दलका नेताको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले  रातको अँध्यारोमा आआफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, नेताहरुलाई हामीले भनेको माने राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाभन्दा बाहेक केही पनि देखिएन । ’प्रतिक्रियावादी शक्तिहरुले संख्याको बल देखाएर आफूलाई सरकारबाट हटाएको भन्दै  अब जनताको तागत देखाउने उनको भनाइ थियो ।

 उनले भने, ‘हामीले सरकार छाड्दैगर्दा जनता र राष्ट्रप्रतिको निष्ठा विश्वाससहित आफूहरुले गरेको कमीहरुको समीक्षा गर्दै हामीले जनताको तागत देखाउनुपर्नेछ, विचौलियाहरुले संख्याको तागत देखाए । त्यसैले हामीले फेरि जनताको तागत देखाउन जनताको बीचमा गएर नयाँ अभियान चलाउँछौं ।’

 

 

Related Tag :

Related Post