समाचार

साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस एमालेको मन्त्रालय संख्या कटौति

साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस एमालेको मन्त्रालय संख्या कटौति

काठमाडौं,असार ३० । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेले पाउने मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी छलफमा व्यस्त छन् ।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन्। प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने कांग्रेस एमालेको तयारी छ। साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्ने गरी छलफल अघि बढेको हो ।

जसपा, जसपा नेपाल, लोसपा, जनमतलाई सरकारमा सामेल गर्नेबारे छलफल भइरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार अहिलेसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबीच भागबण्डा मिलिसकेको छ।

कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो। दुई दलबीच एक(एक जना उपप्रधानमन्त्री राख्ने सहमति भएको बताइन्छ।कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दैछन् भने एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना छ।

Related Tag :

Related Post