काठमाडौं,साउन ३० । निरन्तर जनमत ओरालो लागिरहेको बेलामा ९ वर्षपछि प्रतिपक्षमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको पहिलो पछिल्लो पटक चर्को आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार स्थायी कमिटी बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।
यस्तै उपमहासचिव जनार्दन शर्माले लिखितरूपमै पार्टी हितको लागि भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न प्रस्ताव राखेका छन् । उनको प्रस्तावको वरिपरि अर्का उपमहासचिव वर्षमान पुनको पनि समर्थन छ । अधिकांश नेताहरूले शर्माको प्रस्तावको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।