काठमाडौं,असोज २२ । काठमाडौंमा आज देखि मेलम्ची पानी आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाडिने भएको हो ।
आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । ११ असारदेखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो ।