समाचार

सिन्धुपाल्चोकका ढुंगाखानी चलाउन खोज्ने सबैको ‘लाइफ ड्यामेज’ गर्दिन्छु: मोहन बस्नेत

सिन्धुपाल्चोकका ढुंगाखानी चलाउन खोज्ने सबैको ‘लाइफ ड्यामेज’ गर्दिन्छु: मोहन बस्नेत

काठमाडौं,भदौ ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी कसैले सञ्चालन गर्न खोजे त्यसको ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिएका छन् ।सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी  सबै अवैध रहेको भन्दै उनले उक्त कुरा बताएका छन् । 

जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको दाबी गरे । त्यसले गर्दा विपत्तिका घटना भएकोले कुनै पनि निकायले अबदेखि यस्ता खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने चेतावनी दिएका हुन् ।
केही समयअगाडि जुगल गाउँपालिकाबाट २२ ट्रिप अवैध ढुंगा आउँदा सिन्धुपाल्चोक प्रहरीले मिलेमतोमा छाडेको र आफूले काभ्रे प्रहरीलाई भनेर नियन्त्रणमा लिन लगाएको बस्नेतले बताएका हुन ।

आफू स्वास्थ्यमन्त्री हुँदा पहिलो पटक ३९ वटा स्वास्थय चौकी बनाउनका लागि बजेट निकासा गरेको उनले स्पष्ट पारेका छन् । उनले भनेका छन् ‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन, म २ नम्बरको मात्रै होइन जिल्ला भरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस् ।’

Related Tag :

Related Post