समाचार

निर्मल पुर्जा र मिङ्माले अक्सिजनको विना विश्वका १४ वटा हिमाल आरोहण गरेर राखे नयाँ कीर्तिमान

निर्मल पुर्जा र मिङ्माले अक्सिजनको विना   विश्वका १४ वटा हिमाल आरोहण गरेर राखे नयाँ कीर्तिमान

काठमाडौं,असोज १९ । कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले अक्सिजनको सहायताविना नै  विश्वका १४ वटा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रबार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमालको अक्सिजनको विना नै सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमान बनेको हो ।

उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।

 

Related Tag :

Related Post