समाचार

प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री ओलीले थाले छलफल

प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री ओलीले थाले छलफल

 काठमाडौं,भदौ १२ । पछिल्लो समय  ‘हेर्ने कथा’को निकै चर्चा छ । प्रकाशले अहिले सम्म नागरिकता पनि नपाएको कुरालाई लिएर   धेरैले चिन्ता व्यक्त गरिरहँदा यो बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशको बिषयमा चासो लिएका छन्।   प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेका छन् ।

सामाजिक सञ्जालमा गृहसचिव अर्यालसँगको फोटो राख्दै प्रधानमन्त्री ओलीले प्रकाश तामाङको नागरिकता बनाउनेबारे छलफल गरेको जानकारी दिएका हुन् ।प्रधानमन्त्री ओलीले  सामाजिक संजालमा लेखेका छन्, प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ’

गृहसचिव अर्यालले प्रकाशलाई दुई÷चार दिन भित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री ओेलीले बताएका छन् । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको ओलीको भनाइ छ ।

 

Related Tag :

Related Post